काठमाडौँ । गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक प्रहरीले गरेको छ । तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्ष निकाल्दै प्रहरीले आज एकजना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
उक्त आरोपमा प्रहरीले कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको हो ।
आमा छोरीको वयानका आधारमा उनीहरुले नै बोहोराको हत्या गरेको निस्कर्षमा प्रहरी पुगेको हो । प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरेको छ । यद्यपि घटनामा कल्पनाले अन्यको संलग्नता नरहेको वयान दिएकी छन् ।
बाेहाेराकाे हत्यापछि जिउ सुटकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टा छुुट्टै स्थानमा फालिएको थियो । शव फाल्न छोरीको सहयोग लिएको कल्पनाले बयान दिएकी छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि बोहोराको हत्या गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । एसएसपी ज्ञवालीले दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् ।
त्यसपछि कल्पनाले सलले घाँटी कसेर बोहोराको हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर फेला पारिसकेकाे छ । गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खाली जग्गाको कुनामा फेला परेको थियो ।
