काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपतिले प्रायोजित रुपमा सरकार बनाउन नचाहेर संसद विघटन गरेको बताएका छन् । संसद विघटनसम्बन्धी रिटमा निवेदक १४६ सांसदका तर्फबाट बहस गर्दै यादवले अब अहिलेको अवस्थामा अघिल्लो प्रधानमन्त्रीको रुपमा विश्वासको मत नपाएको र शेरवहादुर देउवाले वहुमत लिएर जाँदा राष्ट्रपतिले किन अस्वीकार गर्नु भयो भन्दै प्रश्न गरेका छन् ।
उनले अहिले राष्ट्रपतिले सरकार बनाउन नचाहेको बताए । १४९ जना सांसद जाँदा निवेदन नलिनु राष्ट्रपतिको दुरासय भएको उनको भनाइ थियो ।
उनले भने, ‘उपधारा ५ अनुसार गठन भएको सरकार प्रतिनिधि सभाबाट प्रमाणित नगरी उपधारा ७ मा पुगेर विघटन किन गरियो । सरकार बन्न नसकेको हो कि राष्ट्रपतिले वनाउन नचाहेको हो?’ उनले ती हस्ताक्षरबारे प्रतिनिधिसभामै निर्णय हुनुपर्ने तर्क राखेका थिए ।
उनले भने, ‘राष्ट्रपति कार्यालयले पद रिक्त नै नभएको अवस्थामा रिक्त गर्ने काम गर्यो । अनि उपधारा ५ अनुसार गठन गर्दा प्रतिनिधिसभाबाट नै प्रमाणित नगरी कसरी ठान्नुभयो ।’
