श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

सिन्धुपाल्चोक । श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौलेका ४५ वर्षीय दुर्गाबहादुर तामाङले ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।

प्रहरीले तामाङलाई प्रक्राउ गरी अनुसन्धान जारी रहेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *