विराटनगर । प्रदेश एकको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले जेठ २४ गते दिउँसो दुई बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी जानकारी दिए ।
