काठमाडौ । अमेरिकी वैज्ञानिकहरुले कोरोना भाइरसमा सार्समा जस्तै विशेष किसिमको म्युटेशन भेटेका छन्, जसले सार्सजस्तै आफैं समाप्त हुने संकेत फेला पारेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रिमित बिरामीको नभूना परीक्षणका क्रममा पहिलाे पटक पाइएको छ । नमूना परीक्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हिस्सा गायब भएको थियाे । यसले भाइरस भविष्यमा हराएर जाने संकेत भएको अनुमान वैज्ञानिकले गरेका छन् ।
भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घटना २००३ मा सार्स महामारी फैलिएपछि पनि यस्तै देखिएको थियो । त्यसपछि विस्तारै सार्स महामारी समाप्त हुन थालेको थियो । एरिजोना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार ठूलो परिमाणमा भाइरसको जिनोम सिक्वेन्स गर्ने हो भने यस्ता परिणाम अन्य स्थानबाट पनि पाउन सकिन्छ । अहिले कोरोना भाइरस संक्रमणका केसहरु विश्वभर बढिरहेका छन् । अहिलेसम्म लगभग ९० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।