चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डाेज लगाएकाले दोस्रो डाेज गाउँमै लाउन पाउने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको चिनियाँ खाेप भेरोसिल खोपको पहिलो डोज लगाएर काठमाडाैँबाट गाउँ पुगेकाले अब गाउँमै दोस्रो डोज लगाउन पाउने भएका छन् ।

विभिन्न कारणले उपत्यका बाहिर गएकालाई सहज बनाउन मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

दाेस्राे मात्राकाे खेप लगाउन पास बनाएर काठमाडाैँ  आउने जाने क्रम बढेपछि त्यसलाई राेक्न गाउँमै खाेप लगाउने व्यवस्था गर्न लागिएकाे अधिकारीले बताए ।

जसका लागि भेरोसिल खोपको पहिलो मात्र लगाएको र दोस्रो मात्रा लगाउनु पर्ने व्यक्तिले स्थानीय निकायका स्वास्थ्य संयाेजकलाई जानकारी दिन र यस्ता लगत सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुले तयार पारेर प्रदेशमार्फत् स्वास्थ्य सेवा विभागमा पठाउन अनुरोध गरेको छ।

‘भेरोसिल दोस्रो मात्रा खोप लगाउनुपर्ने व्यक्तिले आफ्नो स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत् जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउनु हुन अनुरोध छ’, सहप्रवक्ता डा. अधिकारीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *