पूर्वरानी कोमल कोरोनामुक्तः अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । कोरोना संक्रमण भएपछि राजधानीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह डिस्चार्ज भएकी छन् । अस्पतालका अनुसार पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह पूर्णरुपमा निको भएर आज अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

२१ दिनअघि कोरोना संक्रमणले श्वासप्रश्वासमा समस्या भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरू नर्भिकमा भर्ना भएको थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नै डिस्चार्ज भएका थिए ।

उपचारको क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि पूर्वरानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो ।

पूर्व रानी कोमलको प्लाज्माथेरापी विधिबाट समेत उपचार गरिएको थियो । त्यसपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई आज डिस्चार्ज गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *