सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । बुधबार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएका पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।
हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् ।
