बहराइनका राजकुमार अलिफा सगरमाथा शिखरमा, बढेकाे नयाँ उचाइमा पुग्ने पहिलाे विदेशी

काठमाडौँ । बहराईनका राजकुमार शेख मोहम्मद हमाद अलिफा सम्मिलित टोलीले विश्वको सर्वोच्च शिखरमा सगरमाथाकाे सफल आरोहण गरेकाे छ । राजकुमार अलिफालले बिहान साढे पाँच देखि ६ बजेर ४५ मिनेट जाँदाको अवधिमा सगरमाथाको चुचुरोमा पुगेको आरोहणकाे जिम्मा पाएकाे सेभेट समिट ट्रेक्सले जनाएको छ ।

नयाँ उचाइ आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथाको शिखरमा पुग्ने यो पहिलो अन्तर्राष्ट्रिय आरोहण टोली हो । आरोहण दलको नेतृत्व गरिरहेका १९ वर्षीय टासी पनि कृत्रिम अक्सिजनविना सगरमाथाको शिखरमा पुगेका छन् । कृत्रिम अक्सिजनविना सगरमाथाकाे शिखरमा पुग्ने उनी सम्भवतः कान्छा आराेही हुन् ।

बहराइनका राजकुमारको टिमले गएको वर्ष लोबुचे र मनास्लु हिमालको सफल आरोहण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *