स्मृति शाहीको ‘रेलको बाटो’

गायिका स्मृति शाहीको स्वर रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको छ । यसअघि सुरज पण्डितको स्वरमा आएको यो गीतले चर्चा पाउन सफल भएपछि फिमेल भर्सनमा ल्याइएको हो ।

कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतका शब्द लेखराज गिरीले कोरेका हुन् । हुम्लावासीले भोग्नु परेको दुःख पीडा उजागर गरिएको गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश समेटिएको छ ।

गीतको भिडियो निर्देशक लक्ष्मण सुनारले तयार गरेका हुन् । भिडियोमा चिरञ्जीवीको अलवा सरस्वती खत्री र स्थानीय कलाकारहरुको अभिनय समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *