प्रज्जवल थापा । ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा पहिलो जित दर्ता गरेको छ । बुधबार दिउँसो दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
ललितपुरलाई जित दिलाउन नुर्लान जादिदले एक गोल गरे । पहिलो हाफको छैटौं मिनेटमा नुर्लानले गरेको गोल नै ललितपुरको जितमा निर्णायक बन्यो । जितसँगै ललितपुर ५ खेलबाट ६ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको बुटवल समान खेलबाट ५ अङ्क जोड्दै पाँचौ स्थानमा झरेको छ ।