रियल म्याड्रिडलाई चेल्सीको चुनौती

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले रियल म्याड्रिडलाई आफ्नो चुनौती पेश गर्दैछ । स्टामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

दुई टोलीबिच अल्फ्रेडो डि स्टेफेनोमा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसैले प्रतियोगिताको सार्वधिक सफल टोली रियल म्याड्रिडलाई फाइनल प्रवेशको लागि स्पष्ट जितको आवश्यकता रहेको छ । आज हुने खेल गोलरहित बराबरीमा सकिएको खण्डमा चेल्सी फाइनल पुग्नेछ । फाइनल प्रवेशको लागि म्याड्रिडलाई कम्तिमा १-० गोलको जितको आवश्यकता रहेको छ । म्याड्रिड आफ्नो पछिल्लो १९ खेलमा अपराजित रहेको छ ।

यता चल्सीपनि आजको खेलमा सकारात्मक नतिजा निकाल्दै फाइनल प्रवेश गर्न चाहन्छ । म्याड्रिडलाई गोलरहित बराबरीमा रोकेपनि चेल्सी फाइनल प्रवेश गर्नेछ । म्याड्रिडविरुद्ध चेल्सी पछिल्लो ४ भेटमा अपराजित रहेको छ । चेल्सी आफ्नो पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।

आज हुने दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा इङ्लिस क्लब म्यान्चेस्टर सिटीको सामना गर्नेछ । मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *