पिएसजीमाथि सिटीको पुनरागमन जित

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको सेमिफाइनलको पहिलो लेगमा इङलिस क्लब म्यान्चेस्टर सिटीले उत्कृष्ट पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले फ्रेन्च कलब पेरिस जेन्ट जर्मन(पिएसजी) लाई २-१ गोलले पराजित गरेको हो ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डि ब्रुयन र रियाद महारेजले एक/एक गोल गरे । पिएसजीको लागि मार्क्किन्होसले गोल गरे । खेलमा लिएको अग्रता जोगाउन नसक्दा पिएसजी हार बेहोर्न बाध्य भयो । पहिलो हाफको १५ औं मिनेटमा डि मारियाको पासमा मार्क्विन्होसले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

६१ औं मिनेटमा जिन्चेकोको पासमा बि ब्रुयनले सुन्दर गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । यस्तै ७१ औं मिनेटमा रियाद महारेजले फ्रिकिकमा गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुनसक्दा सिटी २-१ गोलले विजयी भएको हो ।

जितसँगै सिटी फाइनलको एक पाहिला नजिक पुगेको छ । अब फाइनल प्रवेशको लागि सिटीलाई दोस्रो लेगमा बराबरीको नतिजा पर्याप्त रहनेछ । दोस्रो लेग इतिहाद रंगशालामा मार्च ५ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *