प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) मा आज हुने खेलमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैरबाद भिड्दैछन् । दिल्लीमा शुरु हुन गइरहेको खेलमा हैरबादले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
चन्नईलाई आजको खेल जित्दै तालिकाको शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ । हाल चेन्नई ५ खेलबाट ८ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । यता हैरबादपनि आजको खेल जित्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । लिगको ५ खेलमा मात्र १ जित निकालेको हैरबाद अङ्क तालिकाको पुछारमा रहेको छ ।
चेन्नईको प्लेइङ ११:- रुतुराज गैकवाड, फाफ डु प्लेसिस, मोइन अली, सुरेश रैना, अम्बती रायडु, रविन्द्र जडेजा, महेन्द्र सिंह धोनी(कप्तान तथा विकेटकिपर), साम कुरान, दिपक चहार, सार्धुल ठाकुर, लन्गि न्गिदि
हैरबादको प्लेइङ ११:- डेभिड वार्नर(कप्तान), जोनी बैर्स्ट्रो, केन विलियम्सन, मनिष पाण्डे, केदर ज्यादब, विजय शङ्खर, रसिद खान, जगदेशा सुचिथ, सन्दिप शर्मा, खलिल अहमद, सिद्धार्थ काउल
