आईसीसी टि-२० वरीयतामा कुशल ६१ औं स्थानमा

प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आईसीसी टि-२० आईको ब्याटिङतर्फको वरीयतामा ६१ औं स्थानमा उक्लिएका छन् । पछिल्लो वरीयताको तुलनामा ३२ स्थान सुधार गरेका कुशलको ४ सय ४२ रेटिङ पोइन्टस रहेको छ ।

भखरै घरेलु मैदानमा सम्पन भएको त्रिकोणात्मक टि-२० आई सिरिजको ५ खेलमा कुशलले ४ अर्धशतकसहित २ सय ७८ रन बनाएका थिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लपनि वरीयताको शिर्ष १०० मा परेका छन् । उनी ३ सय ५७ रेटिङ पोइन्टससहित ९४ औं स्थानमा रहेका छन् ।

यस्तै टोलीका उपकप्तान दीपेन्द्र सिंह एरीपनि ५६ स्थान सुधार गर्दै १ सय ८ औं स्थानमा उक्लिएका छन् । चोटको कारण सिरिज गुमाएका पारस खड्का भने ५ स्थान तल झर्दै ८८ औं स्थानमा रहेका छन् ।

बलिङतर्फ भने लेगस्पिनर सन्दिप लामिछानेले बाहेक अन्य बलरले शिर्ष १०० मा आफ्नो स्थान बनाउन सकेनन् । सन्दिप ४ सय ५ रेटिङ पोइन्टससहित ७७ औं स्थानमा रहेका छन् ।

यस्तै नेद्रल्याण्ड्सलाई फाइनलमा पराजित गर्दै घरेलु मैदानमा ११ वर्षपछि उपाधि चुमेको नेपाली टोलीपनि एक स्थान सुधार गर्दै टि-२० आई वरीयताको १४ औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *