रियल म्याड्रिड र चेल्सीको बराबरी

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र चेल्सीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा रियल म्याड्रिड र चेल्सीले १-१ गोलको बराबरी खेलेका हुन् ।

अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा दुवै गोल पहिलो हाफमा भएको हो । खेलको १४ औं मिनेटमा रुडिगरको पासमा क्रिस्टेन पुलिसिकले गोल गर्दै पाहुना टोलीलाई अगाडि बढाएका थिए । २९ औं मिनेटमा मिलिटाओको पासमा करिम बेन्जिमाले गोल गर्दै रियल म्याड्रिडलाई बराबरीमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकियो । अब दुई टोलीबिचको दोस्रो खेल चेल्सीको घरेलु मैदानमा मे ६ मा हुनेछ । यस्तै आज हुने दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मन(पिएसजी) र म्यान्चेस्टर सिटी भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *