सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेको भन्दै वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् ।विद्यालय बन्द गरिएपनि पठनपाठन भने अनलाइनबाट हुनेछ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेतलगायत १६ जिल्लालाई अतिप्रभावित जिल्लाको सूचीमा राखि अभिभावकलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *