नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताकाे तीन घण्टा लामाे छलफल निश्कर्षविहीन

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वयसहित शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफल भर्खर सकिएकाे छ ।

तीन घण्टा लामाे छलफलमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, नेता सुवास नेम्वाङलगायतका नेता सहभागी रहेकाे थियाे ।

जहाँबाट विवाद सुरू भएकाे हाे, त्यहीबाट विषय प्रवेश गराउने र उत्पन्न विवादहरूकाे एकएक गरी क्रमशः समाधान खाेज्न भन्ने कुरामा छलफल केन्द्रित भएकाे एक नेताले बताए ।

नेकपाको विवाद उत्कर्षमा पुगेको बेलामा शीर्ष नेताहरुबीच पटकपटक भएका वार्ता र छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *