‘भष्मासुरले अरूलाई सिध्याएर आफूमात्रै सुरक्षित ठान्छ भने पहिले उसले आफ्नो शीरोच्छेदन गर्नुपर्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै भष्मासुरले अरुलाई सिध्याउन खोजेपनि त्यो सफल नहुने बताएका छन् ।

बिहीबार राति ट्वीट गर्दै भट्टराईले भष्मासुरले अरू सबैलाई सिध्याउँछ र म मात्रै सुरक्षित रहन्छु भन्ने ठान्छ भने पहिले उसले आफ्नो शीरोच्छेदन गर्नुपर्छ वा सुतुरमुर्गले झैं बालुवामुनी टाउको लुकाउनुपर्ने अवस्था आउने बताएका हुन् ।

उनले लेखेका छन्, ‘भष्मासुरले अरू सबैलाई सिध्याउँछ र म मात्रै सुरक्षित रहन्छु भन्ने कसैले ठान्छ भने पहिले उसले आफ्नो शीरोच्छेदन गर्नुपर्छ वा सुतुरमुर्गले झैं बालुवामुनी टाउको लुकाउनुपर्छ ! अनि उसले चुनाव गराउँछ र आफनो पार्टीले जित्छ भन्ने कसैले सपना देख्छ भने उसले सोम शर्मा र सातुको कथा सम्झदा हुन्छ !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *