चितवनमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु

चितवन । चितवनमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १९ रामपुर चौकी नजिक आइतबार बिहान म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

भरतपुरबाट शारदानगर टाउनतर्फ गइरहेको ना १ ज ३८५९ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना परी सातजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। मृतकहरुको सनाखत हुनसकेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *