भारतमा एकैदिन एक लाख ३१ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण

भारतमा कोरोना भाइरस संक्रमणले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । पछिल्लो २४ घण्टामा एक लाख ३१ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार कोरोना संक्रमणबाट कारण ७८० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ६७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार भन्दा बढी छ भने अहिलेसम्म ९ करोड ४३ लाख भन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । भारतमा कुल संक्रमितको संख्या एक करोड ३० लाख भन्दा बढी पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *