बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटार बस्ने खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१५ घर भएका ३४ वर्षीय बरुण ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र विगो बमोजिम ६१ लाख ५५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

ढकालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वरमा रहेको उनको नामको खाताबाट भुक्तान हुने गरी २ जना पीडितलाई ६१ लाख ५५ हजार रूपैयाँ बराबरको चेक काटी दिएको घटनामा बैंकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको व्यूरोले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *