प्रज्जवल थापा । युभेन्टसले सिरि ए मा निराशाजनक बराबरी खेलको छ । गएराति भएको खेलमा युभेन्टसले टोरिनोसँग २-२ गोलको बराबरी खेलेको हो ।
बराबरीसँगै युभेन्टसलाई उपाधि दाबेदारीमा ठूलो धक्का लागेको छ । शनिबार राति भएको खेलमा युभेन्टसको लागि फेड्रिको चिएसा र क्रिस्टियानो रोनाल्डोले एक/एक गोल गरे । यस्तै टोरिनोको लागि एन्टोनियो सानाब्रियाले दुई गोल गरे । खेलमा शुरुवाती अग्रता भने युभेन्टसले लिएको थियो । खेलको १३ औं मिनेटमा मोराटाको पासमा चिएसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा सानाब्रियाले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए । यस्तै दोस्रो हाफको पहिलो मिनेटमा सानाब्रियाले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको अग्राता दिलाएका थिए । ७९ औं मिनेटमा चिलिनीको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे ।
बराबरीसँगै युभेन्टस २८ खेलमा ५६ अङ्क जोड्दै लिगको चौथो स्थानमा झरेको छ । यता टोरिनो २८ खेलमा २४ अङ्क जोड्दै लिगको १७ औं स्थानमा यथावत छ ।
