चर्चित अन्तर्राष्ट्रिय बक्सर घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि

काठमाडौं । युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका छन् । जापानको टोकियो शहरमा आइतबार सम्पन्न महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका हुन् । विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइने गरिन्छ ।

हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल कम उमेरका प्रतियोगिता हात पार्ने पहिलो नेपाली युवा खेलाडी बन्ने सौभाग्यसमेत प्राप्त गरेका छन् । दश जारभन्दा बढी जापानीले विश्व चर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युव च्यानलमार्फत विश्वभर प्रत्यक्ष हेरिएको थियो ।

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए । महोत्सवको उपाधि हात पारेपछि अबिरलले सामाजिक सञ्जालमा लेखेका छन्, “यो नेपालीका लागि ऐतिहासिक विजय हो । के वान फेस्टिबल २०२१’ को उपाधि हात पार्नु मेरा लागि आफैँमा प्रतिष्ठाका विषय हो । म मेरा पिता देवकुमारलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उनले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *