शंकर थापाको ‘हे मन’

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी वरिष्ठ गीतकार एवम् साहित्यकार राखी गौचनको शब्दमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक तथा संगीतकार शंकर थापा स्माइलको सुमधुर स्वर सुन्न सकिन्छ।

स्वयम् गायक थापाले संगीतवद्ध गरेको गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालको जिवन्त अभिनय देख्न सकिन्छ।

उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। डश म्युजिक नेपालको आधिकारिक च्यानलमार्फत भिडियो तयार सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *