सिरहाको कर्जन्हामा सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– ११ बगहामा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट बिहीबार एक युवकको मृत्यु भएको छ । कर्जन्हा–११ बगहास्थित गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान पनि हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

ठक्कर दिएलगत्तै गाडी फरार भएकाले नम्बर खुल्न नसकेको प्रहरीको भनाइ छ । टिपरले ठक्कर दिएको अनुमान गरिए पनि यकीन हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *