डा. रवीन्द्र पाण्डे ।
कोरोना महामारीको कारण नेपालमा लकडाउन भएको आज एक वर्ष पूरा भएको छ । बिगत एक वर्ष हाम्रो लागि निकै प्रत्युत्पादक बन्यो । सरकार तथा आमनागरिकको लागि यो स्तरको महामारी पहिलो अनुभव थियो । सरकार र नागरिक दुबैले यो अबधिमा धेरै कुरा सिकेका छौं, अनुभव हासिल गरेका छौं । त्यही सिकाइ र अनुभवलाई दोस्रो लहर रोकथामको लागि सरकारले ५ वटा काम युद्धस्तरमा गर्नुपर्दछ ।
१. सीमा नाका तथा विमानस्थलमा जाँच कडाइ गर्ने, परीक्षण गर्ने, संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने, शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्ने तथा अन्य व्यक्तिलाई होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने ।
२. कन्ट्याक्ट ट्रेसिङलाई चुस्त र प्रभावकारी बनाउने ।
३. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने, त्यसको निगरानी तथा अनुगमन गर्ने ।
४. भारत, चीन, रुस, वेलायत, अमेरिका लगायतका देशसंग उच्चस्तरबाट पहल गरेर पुग्ने खोपको प्रबन्ध गर्ने ।
५. लकडाउन तथा निषेधाज्ञा नगर्ने वातावरण मिलाउने ।
.
आमनागरिकले एउटा काम अनिवार्य गर्नुपर्दछ
१. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने (सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने/स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, भ्रम र हल्लाको पछि नलाग्ने, धेरै डर नमान्ने तथा सरकारले जारी गरेका निर्देशिका पालना गर्ने) ।
