थ्री नेसन्स कप आजबाट शुरु, उद्धाटन खेलमा बंगलादेश र किर्गिस्थान भिड्दै

प्रज्जवल थापा । थ्री नेसन्स कप अन्तराष्ट्रिय मैत्रीपूर्ण फूटबल प्रतियोगिता आजबाट शुरु हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्धाटन खेलमा बंगलादेश राष्ट्रिय फूटबल टोलीले किर्गिस्थान यु-२३ को सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुकी ५:३० बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली सकारात्मक नतिजा निकाल्ने लक्ष्यसाथ मैदान उत्रिने छन् । ६ नयाँ खेलाडी लिएर नेपाल आएको बंगलादेश उपाधि भन्दापनि राम्रो प्रदर्शन गर्दै नयाँ खेलाडीलाई अवसर दिने योजना रहेको बंगलादेशका प्रशिक्षक जेमि डेलेले बताए । यता तयारी गर्ने पर्याप्त समय नपाएपनि उपाधिको लागि नेपाल आएको किर्गिस्थानका प्रशिक्षकले बताएका छन् ।

थ्री नेसन्स कपमा उपाधिको लागि नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोविनको आधारमा हुने प्रतियोगिता चैत १० गते देखि १६ गतेसम्म सञ्चालन हुनेछ । शिर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

तस्बिर:- हाम्रो खेलकुद डट कम, एन्फा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *