बेनेभेन्टोसँग युभेन्टस स्तब्ध

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा युभेन्टस बेनेभेन्टोसँग स्तब्ध भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्टस बेनेभेन्टोसँग १-० गोल अन्तरले पराजित भएको हो ।

बेनेभेन्टोको जितमा अडोल्फो गाइचले गरेको गोल निर्णायक बन्यो । दोस्रो हाफको ६९ औं मिनेटमा गाइचले गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाएका थिए । खेलमा युभेन्टसले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन नसक्दा हार बेहोर्न बाध्य भयो ।

हारसँगै युभेन्टसले शिर्ष स्थानको इन्टर मिलानसँग अङ्क दुरि घटाउने मौका चुकाएको छ । युभेन्टस २७ खेलमा ५५ अङ्कको साथ लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ६५ अङ्क जोडेको इन्टर शिर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *