रारा पुग्यो १०औँ राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

मुगु । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीको प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर स्वर्गकी अप्सराको उपमा पाएको रारा पुगेको हो ।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च रारासम्म पुर्याउनुले खेलकुदलाई पर्यटनसँग जोड्ने अवसरसमेत सिर्जना गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुर शुक्रबार दैलेखको श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी सुरु गरिएको थियो । म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा सुरु भएको ट्रफी टोली कालीकोट र जुम्ला हुँदै रारा पुगेको हो ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन् ।

यसअघि टोलीले जुम्लाको प्रमुख धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा ट्रफी तथा ओलम्पिक टर्च पुर्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *