१४ सयले बढ्यो तोलामा सुन

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाम १४ सय रुपैयाँले बढेको हो । आजका लागि सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

बुधबार सुन तोलाको २ लाख ४१ हजार ४ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *