झापा । विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली झापा ११ लाई २-० गोलले हराउँदै एपीएफले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
दुधे रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गरिन् । रश्मीले पहिलो हाफको २७ औँ र ३८ औँ मिनेटमा गरेको गोलनै एपीएफलाई जित दिलाउन पर्याप्त बन्यो ।
अब एपीएफले फाइनलमा भोली त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लबबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । फाइनल शनिबार हुनेछ
