पाकिस्तान ‘ए’द्वारा नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत जारी खेलमा पाकिस्तान ‘ए’ले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीमा जारी खेलमा पाकिस्तानले नेपाललाई जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले ४२ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनाएको हो । पाकिस्तानको लागि रोहायल इम्रानले अर्धसतक बनाए । उनले ८३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ६४ रन बनाए । यस्तै हसन नवाजले २८, अहमद डानियलले १६,हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समदले समान १३/१३ रन बनाए ।

पाकिस्तानलाई कम योगफलमा रोक्न रशिद खानले ८ ओभरमा ३९ रन दिएर ५ विकेट लिए । यस्तै अभिशेष गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *