मंसिर अन्तिम साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

काठमाडौँ । नेकपा एमालेले हिउँदे अधिवेशनकाबारेमा सभामुख डीपी अर्यालसँग छलफल गरेको छ । मंगलबार नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्यालसहितको टोलीले सभामुख अर्यालसँग छलफल गरेको हो ।

भेटमा समसामयीक राजनीति, संसदको हिउँदे अधिबेशन एवं संसदीय प्रकृया लगायतका बिषयमा छलफल भएको एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । भेटमा सभामुखले मंसिर महिनाको अन्तिम साता संसदको हिउँदे अधिवेशन बोलाउने बारेमा छलफल भइहेको बताएको महरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *