आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नियुक्ति गैरकानुनी भएको दाबी गर्दै ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले रिट दायर गरेको हो । अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन् ।

रिट निवेदनमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट आनीलाई नियुक्त गरिएको जिकिरसहित खारेज गर्न माग गरिएको छ । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *