काठमाडौं । भारतको दुई दिने भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन साह आज साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री साह साँझ नयाँदिल्लीबाट स्वदेश फर्किएका हुन् ।
आइतबार भारत गएका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री, राष्ट्रपति, विदेशमन्त्रीलगायतसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतीय सममकक्षी नरेन्द्र मोदीसँग आज द्धिपक्षीय भेटवार्ता गरेका थिए ।
