काठमाडौं । प्रधानमन्त्री बालेन साहको भारत भ्रमणका क्रममा भारतले नेपालले आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रूपैयाँ बराबरको अनुदान तथा ऋण सहायता उपलब्ध गराउने भएको छ । जसमा ५६ अर्ब रुपैयाँ अनुदान र बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा रहेको बताइएको छ ।
तर सत्तारुढ रास्वपाकी सांसद आशिका तामाङले भारतबाट प्राप्त हुने अनुदान सहयोग स्वीकार गर्दै ऋण भने नलिने नलिन आग्रह गरेकी छन् । सहयोग घोषणाको खबर सार्वजनिक भएपछि सामाजिक संजालमार्फत उनले भारतबाट प्राप्त हुने ५६ अर्ब रुपैयाँ अनुदान सहयोग लिन सकिने तर १.८४ खर्ब रुपैयाँ ऋण लिन नहुने बताएकी हुन् ।
उनले भनेकी छन्, ‘नेपालले भारतबाट लिने ५६ अर्ब रुपैयाँ अनुदान सहयोग चाहिँ लिउँ फ्री मा हो भने र १.८४ खर्ब रुपैयाँ ऋण चाहिँ नलिउँ भन्न नि पाइला नि त ! सहयोग भन्ने कुरा लिन पाइयो तर ऋण चाहिँ चाहिँदैन भन्न नि पाइयो ।’
