एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग फराकिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युनाइटेड लिभरपुलसँग ४-० गोलले पराजित भएको हो ।
एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डोमिनिक स्जोबोस्ज्लाई, फ्लोरियाँ विर्ट्ज, रियो गुमोहा र भिक्टर मुनोजले समान एक/एक गोल गरे । खेलको आठौँ मिनेटमा लेनि योरो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो । दुई मिनेटपछि स्जोबोस्ज्लाईले फ्रि-किकमा गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए ।
तीन मिनेटपछि विर्ट्जले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ६६ औँ मिनेटमा बार्कोलाको पासमा गुमोहाले गोल गर्दै घरेलु टोलीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ८२ औँ मिनेटमा विर्ट्जको पासमा मुनोजले गोल गर्दै लिभरपुललाई ४-० गोलको फराकिलो जित दिलाए ।
जितसँगै लिभरपुल ११ खेलबाट २१ अंक जोड्दै चौथो स्थानमा रहेको छ भने पराजित युनाइटेड समान खेलबाट ८ अंक जोड्दै १९ औँ स्थानमा रहेको छ ।
