एमालेको ‘अपरेसन ऐना’ अभियान

काठमाडौं । नेकपा एमालेले ‘अपरेसन ऐना’ नामक अभियान अघि बढाएको छ । ‘तपाईंले लेखेको, समाजले देखेको’ भन्ने नारासहित सुरु गरिएको अभियानमार्फत एमालेले पार्टीविरुद्ध भ्रम फैलाउने, नियोजित दुष्प्रचार गर्ने तथा सामाजिक असहिष्णुता बढाउने गतिविधिमाथि डिजिटल निगरानी राख्ने चेतावनी दिएको छ ।

अभियानको सन्देशमा एमालेले पार्टीविरुद्ध भ्रम फैलाउने वा नियोजित रूपमा दुष्प्रचार गर्ने गतिविधिमा संलग्नलाई सचेत गराउँदै उनीहरू डिजिटल निगरानीमा रहेको उल्लेख गरेको छ ।

‘सावधान!’ भन्दै सार्वजनिक गरिएको सन्देशमा पार्टीविरुद्ध भ्रम फैलाउने र सामाजिक असहिष्णुता फैलाउने गतिविधि नगर्न चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *