एसिया कप राइजिङ स्टार्स: भारतद्वारा नेपाललाई विशाल विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत जारी खेलमा भारत ‘ए’ले नेपाललाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । दोहाको वेस्ट इन्ड पार्क अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा भारत ‘ए’ले नेपाललाई जितको लागि ३ सय ३३ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारत ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३२ रन बनाएको हो । १०.३ ओभरमा ४२-३ को स्थितिमा रहेको भारतलाई कप्तान तिलक बर्मा र कुमार कुशाग्राले दोहोरो सतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका हुन् । तिलक र कुशाग्राले चौथो विकेटको लागि २ सय ६ रनको साझेदारी गरेका हुन् । तिलकलाई रोकेश बमले एक रनमा क्याच छोड्दै जीवनदान दिएका थिए ।

इनिंसको ५.१ ओभरमा नन्दन यादवले मयान यादवको हातबाट क्याच आउट गराउँदै अभिषेक शर्मालाई ९ रनमा पभिलियन फर्काएका थिए । यस्तै १०.३ ओभरमा भैभव सुर्यवंशीलाई पवन सरार्फले २६ बलमा बोल्ड आउट गरे । उनले ३२ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै आयुष बाडोनीलाई ललित राजवंशीले २ रनमा आउट गरे । चौथो र पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका तिलक र कुशाग्राले सतक बनाए । कुशाग्राले १ सय २ बल खेल्दै १० चौका र ५ छक्काको मद्दतमा १ सय १७ रन बनाउँदा तिलकले १ सय ७ रन बनाए । उनले १ सय १३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै शुर्यंश शेड्गेले अन्त्यमा १४ बलमा ४ छक्का र एक चौकाको मद्दतमा नटआउट ३६ रन बनाउँदा रिंकु सिंहले ९, शहबाज अहमदले ८ तथा हर्षित राना र प्रिन्स यादवले समान एक/एक विकेट लिए ।

नेपालको लागि ललित राजवंशी र सन्दीप लामिछानेले १० ओभरमा समान ६१/६१ रन दिएर समान तीन/तीन विकेट लिए । यस्तै नन्दन यादवले २ र पवन सरार्फले एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *