स्थानीय र प्रदेश चुनाव एकैपटक गर्नेबारे सरकार पहिले स्पष्ट हुनुपर्छः सभापति थापा

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने विषय चर्चामा रहे पनि सरकारले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै उनले सञ्चारमाध्यममा आएका समाचारका आधारमा राजनीतिक दलहरूले धारणा बनाउनुपर्ने अवस्था उचित नभएको टिप्पणी गरे ।

उनले प्रश्न गरे, ‘स्थानीय र प्रदेश चुनाव कहिले भन्ने संविधानअनुसार हुने कुरा छँदैछ, यसमा निर्वाचन आयोगले केही भन्ने कुरा भएन। सरकार केही पनि बोल्दैन, केही पनि भन्दैन। पत्रपत्रिकामा आएको भरमा हामी दलको धारणा बनाउँदै किन हिँड्ने ?’

उनले निर्वाचनका बेला सरकारले प्रतिपक्ष चिन्दिनँ भनेर पन्छिन नपाइने बताए । उनले भने, ‘सरकारले अरु कैयन विषयमा म अरु कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षले चिन्दिनँ, कसैलाई चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दैगर्दा अरुबेलाका सरकारको कामकारबाही चल्छ, तर निर्वाचनमा चल्दैन् ।’

उनले निर्वाचन आयोगलाई निर्वाचनको वातावरण बनाउन सरकारले खेल्नुपर्ने भूमिकाबारे समयमै ध्यानाकर्षण गराउन भनेको बताए । उनले भने,‘भाद्र २३ र २४ को अनपेक्षित विप्लपपछाडि एकैपटक जुन रिक्तताको स्थिति आयो र निर्वाचन भयो, त्यो बेलामा निर्वाचन आयोगले मात्रै निर्वाचन गराएर निर्वाचन भएको होइन, निर्वाचन आयोगको ठूलो भूमिका थियो । त्यो बेलाको सुशीला कार्कीको सरकारले दलहरूसँग कतिपटक कुराकानी गर्यो, कसरी वातावरण बनायो भन्ने कुरा महत्त्वपूर्ण छ ।’

उनले निर्वाचन आयोगले प्रारम्भिक छलफल थालेकाले कांग्रेसले पनि पार्टीभित्र यस विषयमा विमर्श गर्ने बताए । सरकारले निर्वाचन एकैपटक गर्ने प्रस्ताव अघि सारे त्यसबारे दलहरूले आफ्नो धारणा राख्ने उनले बताए ।

निर्वाचन एकैपटक गर्दा खर्च कम हुनेलगायतका तर्क अघि सारिएको उल्लेख गर्दै सभापति थापाले यस्तो निर्णयमा पुग्न सरकारले औपचारिक प्रस्ताव र दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताए । त्यसपछि पार्टीभित्र तथा अन्य राजनीतिक दलसँग छलफल गरेर निष्कर्ष निकाल्न सकिने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *