राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी शाहीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउने प्रस्ताव गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने बताए । उनले लिङ्देनसहित सबै शीर्ष नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले भने, ‘राजेन्द्र लिङ्देनसहित पार्टीका अन्य शीर्ष नेताहरूलाई सर्वोच्च नेता बनिदिन हामी युवाहरूको प्रस्ताव छ । तपाईंहरूको अनुभव र मार्गदर्शनअनुसार अध्यक्षभन्दा पनि माथि सर्वोच्च नेताका रूपमा राख्न चाहन्छौं।’

राप्रपामा अहिले तीन पुस्ता रहेको भन्दै अब नाती पुस्ताले पार्टीको नेतृत्व नगरे पार्टी जनतामा गएर चुनाव जित्ने अवस्थामा नरहेको जिकिर गरे । राप्रपाको महाधिवेशन यही मङ्सिर २६ गतेदेखि २८ गते काठमाडौंमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *