एन्फामाथिको निलम्बन फुकुवा गर्न फिफा सकारात्मक

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष तथा उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।

थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवार्ड्सका अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलका अनुसार छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषयमा कुराकानी भएको थियो ।

तहगत निर्वाचन गर्ने सहमतिपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । राखेपले प्रतिबन्ध हटाएसँगै फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति जनाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *