चितवनद्वारा काठमाडौंलाई विशाल विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी इलिमिनेटरको खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चितवनले काठमाडौंलाई जितको लागि २ सय ५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो । चितवनको लागि कमिल मिश्राले नटआउट सतक र कप्तान रवि बोपाराले अर्धसतक बनाए । उनले ५९ बल खेल्दै १० छक्का र ५ चौकाको मद्दतमा १ सय २० रन बनाएका हुन् । एनपीएलको इतिहासमा यो व्यक्तिगत उच्च स्कोर हो । यस्तै रवि बोपाराले ४२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाउँदा देव खनालले १७ रन बनाए ।

काठमाडौंको लागि करण केसी र रशिद खानले समान दुई/दुई विकेट लिए । अब काठमाडौंले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *