एनपीएल : फाइनल पुग्न लुम्बिनीलाई सुदुरपश्चिमको सामान्य विजयी लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पहिलो क्वालिफायरको खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई १ सय ६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५ रन बनाएको हो । लुम्बिनीको लागि दीपेन्द्र सिंह एरीले अर्धसतक बनाए । उनले ५१ बलमा ३ चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै इशान पाण्डेले ३३ बल खेल्दै ३ चौकाको मद्दतमा २७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीको लागि रुबिन ट्रम्पलम्यान र शेर मल्लले समान दुई/दुई विकेट लिँदा किशोर महतो र अभिशेष गौतमले समान एक/एक गोल गरे । अब लुम्बिनीले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *