इनम सापकोटा प्रकरणका रहस्य अझै खुल्न बाँकी छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन् । सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सापकोटामाथिको अनुसन्धान प्रक्रिया पारदर्शी नभएको भन्दै घटनासँग जोडिएका विषयहरूको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।

सापकोटालाई सरकारले नियन्त्रणमा लिए पनि उनीसँग सम्बन्धित मोबाइल फोन र त्यसमा जोडिएका व्यक्तिहरूबारेको अनुसन्धान अझै रहस्यकै घेरामा रहेको उनले बताए ।

उनले सापकोटा प्रधानमन्त्री बालेन साहलाई झापा–५ बाट उम्मेदवार बनाउने विषयमा गरिएको सर्वेक्षणदेखि चुनावी अभियानसम्म संलग्न रहेको उल्लेख गरे । चुनावपछि सरकार गठन र सञ्चालनका विषयमा प्रधानमन्त्रीको कोर टिममा समेत उनको भूमिका रहेको भन्ने विवरण सार्वजनिक भएको पोखरेलको दाबी छ ।

प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारले दुई–तीन दिनसम्म आफूसँग राखेको विषय पनि गम्भीर रहेको उनले बताए ।उनले भने,‘अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा ल्याएको छ । तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन ।’

सापकोटा प्रकरणसँगै पोखरेलले प्रधानमन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न उठाए । प्रधानमन्त्री संसदमा उपस्थित नहुने, दलको नेता भएर पनि पार्टी बैठकको अध्यक्षता नगर्ने तथा अन्य राजनीतिक दलहरूसँग संवाद नगर्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासअनुकूल नभएको उनको टिप्पणी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *