धानखोला–लमही सडक मर्मतमा नयाँ प्रविधि, फुल डेप्थ रिक्लेमेसन उपकरण दाङमा

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको खण्ड चौडा एवं सडक सतह पुनःस्थापना कार्यका लागि फूल डेप्थ रिक्लेमेसन उपकरण दाङ जिल्ला आइपुगेका छन्।

नेपालमै पहिलो पटक आधुनिक प्रविधि प्रयोग गरि विद्यमान सडकबाट प्राप्त हुने अस्फाल्ट लगायतका सामग्रीको पुनः प्रयोग गरी अझ टिकाउ, किफायती र वातावरणमैत्री सडक निर्माण गर्दछ ।

एमसिए-नेपालले एमसीसी नेपाल कम्प्याक्टको सडक मर्मत आयोजनामार्फत सडक मर्मत कार्यमा नयाँ विधि प्रयोग गर्दैछ। यसले भविष्यमा सडक मर्मत कार्यलाई अझ कुशल र प्रभावकारी बनाउने सम्भावना बोक्ने एमसिए नेपालले जनाएको छ ।

धानखोला–लमही सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर यस सडकलाई १२ मिटर चौडा पनि बनाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *