काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको हो ।
आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो चाँदीको मूल्य तीन हजार ८१० रुपैयाँ थियो ।
