कर्तव्य ज्यान मुद्दाका २० वर्षदेखि फरार अभियुक्त पक्राउ

परासी । कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएका एक फरार कसुरदार २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा निवासी ५७ वर्षीय वीरेन्द्र गुप्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार जिल्ला अदालतले २०६३ असार ३२ गते गुप्तालाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय हुने फैसला गरेको थियो । तर, फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएका थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा आफ्नै घरमा फेला पारी उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका गुप्तालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *