एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब कोमोले गोलको वर्षा गरेको छ । बुधबार राति भएको खेलमा कोमोले लेन्समाथि ९-१ गोलको फराकिलो जित निकालेको हो ।
स्टाडे बोल्लार्ट डेलेलिसमा भएको खेलमा कोमोको लागि अनास्टासियोस डोउभिकासले ह्याट्रिक पूरा गर्दा निको पाज, लुकास डा कुन्हा, मार्क ओलिभर केम्फ, माट्टिया लिबेराली, मार्टिन बाटुरिना र माट्टेओ पापासिओलीले समान एक/एक गोल गरे । लेन्सको लागि रुबिन अगुलारले सान्तवना गोल गरे ।
जितसँगै कोमो ४ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट ३ अंक जोडेको लेन्स ३३ औँ स्थानमा रहेको छ ।
